काठमाडौंका घरबेटीलाई गृहको निर्देशन : भाडा बस्नेको विवरण प्रहरीलाई दिनू

काठमाडौंका घरबेटीलाई गृहको निर्देशन : भाडा बस्नेको विवरण प्रहरीलाई दिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अब काठमाडौंका घर धनीले आफ्नो घरमा भाडामा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने भएको छ । गृहमन्त्रालयले भाडामा बस्नेको विवरण प्रहरीलाई दिन निर्देशन दिएको हो ।

काठमाडौँ उपत्यका लगायत देशका मुख्यमुख्य शहरमा घर भाडामा लिई विभिन्न अवराधिक गतिविधि, लुटपाट, डकैती लगायतका गतिविधि गरिरहेको भेटेपछि प्रहरीलाई विवरण बुझाउन निर्देशन दिएको हो ।

केही दिनअघि गृहमन्त्री, गृहसचिव, सुरक्षा निकायका प्रमुखसहित गृह मन्त्रालयमा बसेको बैठकले अपराधिक गतिविधि नियन्त्रण, शान्ति सुरक्षा र जनधनको सुरक्षाका लागि भन्दै यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय संकास्पद गतिविधिमा चिनियाँ नागरिकहरु काठमाडौँको विभिन्न स्थानबाट पक्राउ परेका थिए । उनीहरुले विभिन्न स्थानमा कोठा, फ्ल्याटदेखि घर नै भाडामा लिएर गतिविधि गर्दै आएको भेटेपछि गृह मन्त्रालयले घरधनीसँग भाडामा बस्नेको सम्पूर्ण विवरण दिन माग गरेको हो ।

मन्त्रालयको निर्णयमा भनिएको छ, ‘काठमाडौँ उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था र कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति–संस्था–कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण–जानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्नुपर्नेछ ।’