बेइजिङ – चीनले २०२० मा रेलवेमा १ खर्ब डलर लगानी गर्ने भएको छ । राष्ट्रव्यापी रुपमा उच्च गतीको रेल नेटवर्क बनाउने रणनीतिक लक्ष्यको अंश अनुसार बेइजिङले २०२० मा देशको रेलवे विस्तारमा ८०० अर्ब युआन अर्थात् ११४.३६ अर्ब डलर लगानी गर्ने भएको हो ।
चीनको यातायात मन्त्रालयका अनुसार सडक र जलमार्गमा १.८ ट्रिलियन युआन र नागरिक उड्डयनमा ९० अर्ब युआन खर्चिने छ । चीनले ग्रामिण क्षेत्रको ९८ प्रतिशत भू–भागलाई नेटर्कमा ल्यायउने प्रयत्न गरिरहेको छ ।
यातायात मन्त्रालको तथ्यांक अनुसार यातायातको क्षेत्रमा चीनले गरेको लगानी २०१९ मा अनुमानित ३.२ ट्रिलियन युआन रहेको थियो । चीनको पहिलो उच्च गतीको लाइन २००७ मा सुरु भएको थियो र यसको ४ वर्षकै अवधिमा यो मुलुकले विश्वकै ठूलो नेटवर्कको विकास गरेको थियो । २०१८ को अन्त्यमा चीनमा २९ हजार किमी उच्च गतीको लाइन सञ्चालनमा आएको थियो । यो विश्वको कुलको २ तिहाई हो ।
२०१८ मा मात्रै ४ हजार रुट किमी थप गरेको थियो । हालको नेटवर्कले चीनका प्रमुख सहरहरुबीचको यात्राको समयमा व्यापक रुपमा घटाएको छ । रेल निकायले हाल देशको थप दुर्गम क्षेत्रमा नयाँ लाइन विस्तार गर्ने योजना बनाइरहेको छ ।




प्रतिक्रिया