विर्तामोडका वडाध्यक्ष भट्टराईको निधन

विर्तामोडका वडाध्यक्ष भट्टराईको निधन


झापा – झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ ।

दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मंगलबार साँझ विर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उनको बुधबार बिहान देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।