सादा पोशाकका घुमुवा प्रहरी परिचालन खारेज

सादा पोशाकका घुमुवा प्रहरी परिचालन खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले सादा पोशाकका घुमुवा प्रहरीको परिचालन खारेज गरिदिएको छ ।

महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सादा पोशाकका सबै घुुमुवा प्रहरी परिचालन बन्द गरिएको जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालयबाट परिचालन गरिएका ३० देखि ४० जनाको संख्यामा रहेका सादा पोशाकका प्रहरी परिचालन खारेज गरिएको हो ।

सादा पोशाकका घुमुवा प्रहरी अब प्रहरी पोशाकमा नियमित काममा खटिने डीआईजी पोखरेलले जानकारी दिए ।