प्रहरी नायब निरीक्षक र प्रहरी जवानविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

प्रहरी नायब निरीक्षक र प्रहरी जवानविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले सर्लाहीको त्रिभुवननगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक सिंह र जवान यादवविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो।

भारतीय सीमा बजारबाट घरायसी सामान खरिद गरी ल्याउँदा वातावरण सहज गरिदिने भन्दै स्थानीयसँग उक्त रकम घुस लिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन्।

घरासयी सामान ल्याउने क्रममा घुस नदिए लागूऔषध मुद्दा चलाउने धम्की दिँदै सेवाग्राहीलाई कुटपिटसमेत गरेको भन्ने सूचनाको आधारमा बर्दिवासबाट खटेको आयोगको टोलीले सिंह र यादवलाई नियन्त्रणमा लिएको थियो।