काठमाडौं – पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भनिन् ।
राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती स् देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
विभागले मौसम बदली संगै वर्षा र हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।




प्रतिक्रिया