एआईजी बढुवा सिफारिस विवादमा, डीआईजी पाठकले दिए उजुरी

एआईजी बढुवा सिफारिस विवादमा, डीआईजी पाठकले दिए उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस विवादमा परेको छ ।

गृह मन्त्रालयले डीआईजी डा. आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएपछि बढुवा विवादमा परेको हो । डीआईजी सिंह दोस्रो वरियतामा पर्छिन् ।

डीआईजी हुँदा एक नम्बर वरियतामा रहेका डा. मीनराज पाठकले शुक्रबार बढुवा सिफारिसविरुद्ध उजुरी दिएका छन् । उनले आफूमाथि अन्याय भएको भन्दै लोक सेवा आयोगमा बढुवा सिफारिस बदर गर्न पनि माग गरेका छन् ।

वरिष्ठ बाल रोग विशेषज्ञ पाठकले द्वन्द्वकालमा मध्यपश्चिम र सुदुरपश्चिमको विकट क्षेत्रमा काम गरेका थिए ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई सोमबार एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

अस्पतालकी एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण गत शुक्रवार अवकास पाएकी थिईन् । थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो ।