सरकार र उखु किसानबीच पाँच बुँदे सहमति,आन्दोलन फिर्ता

सरकार र उखु किसानबीच पाँच बुँदे सहमति,आन्दोलन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसानहरुको भुक्तानी गराइनेबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेटिएको छ । सहमति अनुसार किसानले आफ्नो काठमाडौं केन्द्रित विरोध कार्यक्रम स्थिगित गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता भएको थियो । दुबै पक्षबीच यस अघि पुस २५ गतेभित्र दिन बाँकी ८० प्रतिशत रकम मुक्तानी दिने र माघ ७ गते भित्र पूर्ण रुपमा भुक्तानी दिने मौखिक सहमति भएको थियो ।भुक्तानीका लागि काठमाडौंमा आइ आन्दोलन गरेका किसानले आजैबाट आन्दोलनका गतिविधि स्थगित गर्ने सहमति भएको छ।