काठमाडौं – उपत्यका पृतना हेडक्वाटरको १७औं वार्षिकोत्सव सम्पन्न भएको छ । प्रधानसेनापति पुर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा पुस १७ गते आफ्नो परम्पराअनुसार उक्त वार्षिकोत्सव सम्पन्न भएको हो ।

समारोहलाई अझ बढि मनोरञ्जनात्मक बनाउन पृतनापति उपरथी श्री निरन्जनकुमार श्रेष्ठ तथा यस पृतनाका चिफ अफ स्टाफ स.र. श्री राम राणा अन्तर्गतका गणपति र सकल दर्जाहरुबाट विभिन्न नाच गानको कार्यक्रम गरिएको थियो । साथै यस पृतना हेडक्वाटरका उत्कृष्ट वर्ष जवान अम. यज्ञ बहादुर खड्कालाई पुरस्कार वितरण गरिएको थियो ।

उक्त अवसरमा प्रधानसेनापतिले यस पृतनाले गरेका विविध कार्यहरुको निरिक्षण समेत गरेका थिए । वार्षिकोत्सवमा पुर्व पृतनापतिहरु तथा सुरक्षा निकायका विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।






प्रतिक्रिया