काठमाडौं – सुडान घोटालाका आरोपित शम्भू भारती जेलमुक्त भएका छन् । राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका भारती आइतबार जेलमुक्त भएका हुन् ।
सदरखोर डिल्लीबजारमा रहेका भारतीले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएपछि जेलमुक्त भएको निमित्त जेलर सिता अधिकारीले जानकारी दिइन् । भारतीलाई सर्वोच्च अदालतले सो काण्डमा दोषी ठहर गरि १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो ।
सर्वाेच्च अदालतको आदेशले उनले जेल बाहिर बसेर मुद्दा लड्ने सुविधाका लागि भारतीले सर्वाेच्चमा निवेदन दिएका थिए । उनलाई १२ भदौमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।




प्रतिक्रिया