‘काठमान्डु पोस्ट’का सम्पादक काफ्लेको राजीनामा, नयां सम्पादकको जिम्मेवारी सातगैयांलाई

‘काठमान्डु पोस्ट’का सम्पादक काफ्लेको राजीनामा, नयां सम्पादकको जिम्मेवारी सातगैयांलाई


काठमाडौं –‘द काठमान्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेले राजीनामा दिएका छन् । कान्तिपुर ग्रुपको व्यवस्थापनले काफ्लेको ठाउंमा संजिव सातगैयांलाई सम्पादकमा नियुक्त गरेको छ । उनि लामो समयदेखी हिमाल टाइम्स र काठमाडौं पोस्टमा कार्यरत थिए ।

काफ्लेले आईतबार ट्वीट गर्दै आफूले काठमाडौं पोस्टबाट राजीनामा दिएको उल्लेख गरेका छन्। राजीनामा दिए पनि उनले फागुन ७ सम्म प्रधान सम्पादककै रुपमा काम गर्नेछन् । काफ्लेले यसअघि अमेरिकामा रहेर वासिङटन पोस्ट र बजफिडका लागी काम गरेका थिए । पत्रकारितामा लामो अनुभव नभएका काफ्लेलाई कान्तिपुर मिडिया ग्रुपले डेढ वर्षअघि सम्पादक बनाएको थियो । उनी फेरी अमेरिका जाने तयारीमा रहेको निकट स्रोतले बतायो ।

काठमाडौं पोस्टमा समाचार सम्पादक रहेका सातगैयांलाई आईतबार व्यवस्थापनले सम्पादकमा नियुक्त गरेको जानकारी दिएको थियो । काफ्ले हिमाल टाइम्समा इन्र्टन गर्दा उक्त अंग्रेजी पत्रिकामा सातगैयां सिनियर पोजिशनमा थिए ।