१० हजार घुससहित सहायक बन अधिकृत पक्राउ

१० हजार घुससहित सहायक बन अधिकृत पक्राउ


काठमाडाैं –  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियाबाट १० हजार रुपैयाँ घुससहित सहायक वनअधिकृत आनन्द प्रसाद साह पक्राउ परेका छन् ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको नेपालगन्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।