काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी गरेको छ ।
आयोगले बुधबार प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने तयारी गरेको हो । संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ ।
रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा आयोगले पदपूर्ति गर्न लागेको आयोगले जनाएको छ । कृषि, वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय, प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० पदमा विज्ञापन गर्न लागिएको छ ।





प्रतिक्रिया