काठमाडौं – आज देशभरको मौसम सामान्य रहेको छ । पश्चिमी वायु सक्रिय भएका कारण पश्चिमी भू–भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो मध्य र पूर्वी भागमा मौसम सामान्य रहेपनि रातीदेखि बादल देखिने संभावना रहेको छ । देशको पश्चिमी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको आजको तापक्रम न्यूनतम ४.२ र अधिकतम १६.३ डिग्री सेल्सियस रहेको छ । यस्तै जुम्लाको तामक्रम न्युनतम ०.३ र अधिकतम ७.७ डिग्री सेल्सियस छ । सिमरामा भने सबैभन्दा उच्च तापक्रम रहेको छ । त्यहाँको तापक्रम न्यूनतम ९.६ र अधिकतम २३.५ डिग्री सेल्सियस रहेको छ ।
यस्तो छ तीन दिनको मौसम
पौष २२ गते
दिउँसो: देशको पश्चिमी भु(भागमा सामान्य बदली र बांकी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानमा साथै मध्य र पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ ।
रातीः देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भु–भागमा सामान्य बदली र बांकी भु–भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू–भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
पौष २३ गते
दिउँसो: देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
पौष २४ गते
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पूर्वी भू(भागमा सामान्य बदली तथा पश्चिमका भू–भागमा आंशिक बदलि रही पश्चिमका एक–दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।




प्रतिक्रिया