सशस्त्रका असई र हवल्दारले कुटे विद्युत प्राधिकरणका कर्मचारी

सशस्त्रका असई र हवल्दारले कुटे विद्युत प्राधिकरणका कर्मचारी


काठमाडौं – नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रका दुई जना कर्मचारी सशस्त्र प्रहरीका जवानद्धारा कुटिएका छन् ।

मङ्गलबार राति १० बजे बिजुलीको लाइन मर्मत गरि फर्किएका ‘नोलाइट’ टोलीलाई सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रविण राई र हवलदार छविन्द्र राईले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका विद्युत प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्काको अर्थोपेडिक हस्पिटलमा उपचार भैरहेको छ । कुटपिट गर्ने दुई जनालाई बौद्ध चौकीमा राखिएको छ ।

महानगरीय प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहले भने प्राधिकरणका कर्मचारीले तीव्र गतीमा गाडी चलाएको र त्यसै विषयमा विवाद भएको बताए । प्रहरीविरुद्ध जाहेरी आएपछि मुद्दा चलाइने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने डीएसपी सिंहले बताए ।