काठमाडौं– नेपाली सेनामा रिक्त उपरथीको संख्या तीन पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले दरबन्दी रिक्त हुनुभन्दा एक महिना अघि नै प्रक्रिया सुरु गर्ने बताएपनि अहिले प्रधानसेनापति आफ्नै प्रतिवद्धताबाट पछि हटेका छन् । सेनाका उपरथीहरु शिवराम खरेल, प्रावधिक उपरथी सुधिर श्रेष्ठ र अर्को उपरथी भुवन अधिकारीको ठाउं खाली भएपनि त्यसमा अहिलेसम्म बढुवाको प्रक्रिया अघि बढेको छैन् ।
खरेलले पुष २१ मा अवकास पाएका थिए भने अधिकारी र श्रेष्ठले अवकास पाएको धेरै भइसकेको छ । उपरथी अधिकारीले मंसिर १५ गते र श्रेष्ठले पुष १ मा राजीनामा दिएका थिए ।
सेनाको हवाई महानिर्देशनालयको प्रमुखको लाईनमा सहायकरथी धनेन्द्र बहादुर शाह छन् । त्यसैगरी आर्थिक प्रशासन विभागको प्रमुखको लाईनमा सहायकरथी धुव्र शाह भएपनि उनको समेत बढुवा प्रक्रिया अघि बढेको छैन् ।
उपरथी खरेलको ठाउंमा हाल सेनाको नगरकोटस्थित नेपाली सैनिक वार कलेजका शिक्षाधिकृत रहेका सुरेश कार्की बढुवाको लाईनमा छन् । चीनबाट नेशनल डिफेन्स कोर्स(एनडिसी) गरेका कार्की उपरथीको बढुवामा भएपनि अहिलेसम्म ७ दिने सुचना समेत प्रकाशित भएको छैन् ।
‘चिफ सापले बढुवा एक दिन पनि नरोक्ने भन्नुभएको थियो, तर अहिले आफ्नै प्रतिवद्धताविपरित सेनामा बढुवा तीन तीन महिनासम्म समेत रोक्ने काम भएको छ ।’ सेनाका एक उपरथीले भने ।
प्रधानसेनापति थापाले बढुवाको हकमा पद रिक्त हुने वित्तिकै प्रक्रिया अघि बढाउने भनेपनि तीन तीन उपरथीको दरबन्दी खाली हुंदासम्म बढुवा प्रक्रिया सुरु नहुंदा प्रधानसेनापतिको प्रतिवद्धतामाथी नै प्रश्न उठाइन् थालेको छ ।




प्रतिक्रिया