काठमाडौं – नेपाली बजारमा प्याजको मूल्य घटेको छ । भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि नेपाली बजारमा प्याजको मूल्य घट्न थालेको हो ।
भारतीय बजारमा प्याजको मूल्य घटेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको कालिमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । केही समयअघि प्याजको मूल्य २ सय ५० रुपैयाँसम्म पुगेको थियो ।
बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ । यही हप्ताको आइतबारसम्म २०–२२ टन प्रतिदिन प्याजको आयात हुने गरेकोमा मंगलबार ७० तथा बुधबार ६४ टन प्याज भारतबाट आयात भएको श्रेष्ठले बताए ।
भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १ सय ५० भारु रहेको प्याज अहिले ७० भारुमा झरेको छ । एसियाकै सबभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ ।




प्रतिक्रिया