स्वास्थ्य चौकीलाई गोले परिवारले दियो १५ लाखको जग्गा निःशुल्क

स्वास्थ्य चौकीलाई गोले परिवारले दियो १५ लाखको जग्गा निःशुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लालबन्दी – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न स्थानीय समाजसेवीले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।

तुलसी टोलमा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न स्थानीय वासिन्दा नेमबहादुर गोलेका छोरा सन्तोषले आइतवार झण्डै १५ लाख पर्ने जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

गोलेले दिवंगत आमा हीरामाया गोलेको नाममा आधारभूत स्वास्थ्य केन्द्रका लागि एक कठ्ठा १० धुर जग्गा प्रदान गरेका स्थानीय युवा उदय पाख्रिनले जानकारी दिए ।

आइतवार बिहान लालबन्दी नगरपालिका–१०, का वडाध्यक्ष टोपबहादुर श्रेष्ठलाई गोलेले जग्गाको राजीनामा कागज बुझाएका छन् ।

अति विपन्न परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको आधारभूत स्वास्थ्य केन्द्रका लागि निःशुल्क जग्गा प्रदान गरेर पुनित कार्य गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले गोले परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

लालबन्दी–१०, मा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि यस वर्ष लालबन्दी नगरपालिकाले ३३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।