दिलिपका आफन्तको आराेप: हत्या गरेर शवमाथि टिपर कुदाइयो, प्रहरीमाथि आशंङ्का !

दिलिपका आफन्तको आराेप: हत्या गरेर शवमाथि टिपर कुदाइयो, प्रहरीमाथि आशंङ्का !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धनुषामा टिपरको ठक्करबाट मृत्यु भएका दिलिपका आफन्तले हत्या गरेर टिपरले पेलेको अराोप लगाएका छन् । मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहान मर्निङ वाक निस्किएका उनलाई टिपरले ठक्कर दिएको थियो ।

मृतक स्थानीय युवा दिलीपकुमार महतोका काकाका छोरा वीरेन्द्रकुमार महतोले घटना शंकास्पद रहेको भन्दै प्रकृति हेर्दा पहिला हत्या गरेर त्यसपछि गाडीले पेलेको हुनसक्ने बताए ।

‘पहिला हत्या गरेको छ, अनि त्यसपछि उनको शरीरमा टिपर चलाइएको छ’ मृतकका काकाको छोरा वीरेन्द्रले भने, ‘यसमा प्रहरीको पनि संलग्नता रहेको आभास हामीले पाएका छौं ।’

वीरेन्द्रले बिहीबार मात्रै केही व्यक्तिले खोलामा जाने जोकोहीलाई पनि मार्ने बोलिरहेको जानकारी आफूले पाएको बताए । ‘मैले त्यो कुरालाई सामान्य रुपमा लिएको थिएँ’ उनले भने, ‘तर आफ्नै भाइको हत्या भयो ।’

उनले प्रहरीले मुचुल्का नगरी शव उठाएकाले झनै शङ्का लागेको बताए ।

‘लक्ष्मी भाइलाई पनि गाडीमा चढ्न दिएन । त्यसपछि म घरमा आएर प्रहरी इन्सपेक्टरलाई फोन गरेर शव कहाँ छ, भनेर सोध्दा प्रहरीले अञ्चलमा भने,’ वीरेन्द्रले भने, ‘अनि म अञ्चलमा आएँ ।’

घटनापछि आक्रोशित स्थानीयहरुले श्रीपुरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग खुलाउने क्रममा प्रहरीले १० राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । घटनाको विषयलाई लिएर अहिले पनि राजमार्ग तनावग्रस्त छ ।