दिलीपको हत्या आरोपमा क्रसर मालिक विपिन पक्राउ

दिलीपको हत्या आरोपमा क्रसर मालिक विपिन पक्राउ


धनुषा – अवैध उत्खननको विरोध गर्दै आएका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)को हत्या आरोपमा क्रसर मालिक विपीनकुमार महतो पक्राउ परेका छन् ।

क्रसर उद्योग मालिक विपिनलाई जनकपुरधाम उपमहानगरपालिका -१ भानू चोकबाट शनिवार विहान १० बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दिलिपको शवलाई कुल्चेको आरोपमा टिपर चालक मुनिन्द्र महतोलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको थियो ।

शुक्रवार विहान करिब ४ बजेको समयमा औरही नदीमा भइरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिपलाई टिपरले किचेर हत्या गरिएको थियो । हत्यापछि परिवारजनले चुरियामाई बालुवा प्रशोधन केन्द्रका समालिक विपिन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरिएको आरोप लगाएका छन् । क्रसर मालिक विपिनले नै दिलीपको हत्या गरेको आरोप उनका परिवारजनले लगाएपछि उनी फरार थिए ।