जाजरकोटमा प्रहरी हवल्दारले गरे आफैंले कन्चटमा गोली हानेर आत्महत्या

जाजरकोटमा प्रहरी हवल्दारले गरे आफैंले कन्चटमा गोली हानेर आत्महत्या


जाजरकोट – नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैंलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाको छानविन भइरहेको जानकारी दिएका छन् ।