कर्मचारीलाई विमानस्थलको निर्देशनः बिजुलीको अभाव छ, अनावश्यक हिटर प्रयोग नगर्नू !

कर्मचारीलाई विमानस्थलको निर्देशनः बिजुलीको अभाव छ, अनावश्यक हिटर प्रयोग नगर्नू !


काठमाडौं – नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजुलीको अभाव भएको छ ।

विमानस्थलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सबै निकायसँग यो सुनिश्चित गर्नका लागि भनिएको छ कि जाडोको मौषममा बिजुलीको उत्कृष्ट तरिका प्रयोग गरियोस् ।’

टीआईए व्यवस्थापनद्वारा जारी विज्ञप्तिमा विमानस्थलमा सरकारी संस्था तथा पसलले बिजुलीको दैनिक खपतमा कमी ल्याउन आग्रह गरिएको छ ।

साथै हिटर र एयरकन्डिसनको अनावस्यक प्रयोग नगर्न आग्रह गरिएको छ ।

विज्ञप्तिअनुसार सामान्य उद्देश्यका लागि बिजुलीको प्रयोगबाट विमानस्थलको संचार, दिशा एवं गन्तव्य सूचक प्रणाली तथा निगरानी प्रणाली प्रतिकुल रुपमा प्रभावित भएको हो ।

सरकारले भिजिट नेपाल २०२० कार्यक्रमको शुभारम्भ गरेको केही दिनमै विमानस्थलले यो सूचना जारी गरेको हो ।