अमेरिकाले माग पुरा नगरेसम्म परमाणु वार्ता हुँदैन : उत्तर कोरिया

अमेरिकाले माग पुरा नगरेसम्म परमाणु वार्ता हुँदैन : उत्तर कोरिया


एजेन्सी – अमेरिकाले आफ्नो माग पुरा गरेपछि मात्रै परमाणु वार्ता पुनः सुरु हुने उत्तर कोरियाले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र आफूलाई प्राप्त भएको र उक्त पत्रमा किम जोङ उनलाई जन्मदिनको बधाइ दिएको उनले बताए ।

अमेरिकी राष्ट्रपति तथा किमबीच २०१८ को जुनदेखि ३ बैठक भइसकेको छ । तर फेब्रुअरीमा भएको हनोई बैठकपछि वार्ताको विषयलाई लिएर व्यापक गतिरोध उत्पन्न भएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयका सल्लाहकार किम क्ये ग्वानले भने ,“ट्रम्पको बधााई पत्र अमेरिकाबाट उत्तर कोरिया आइपुगेको छ ।”

सरकार समाचार एजेन्सी केसीएनएका अनुसार ग्वानले एक बयानमा भनेका छन्, “यो साचो हो कि किम र ट्रम्पबीचको व्यक्तिगत सम्बन्ध खराब छैन ।” सल्लाहकारले भने, “हामीलाई अमेरिकाले धोका दिँदैछ । डेढ वर्ष भन्दा बढी समयसम्म हामीलाई वार्तामै व्यस्त राखियो र हाम्रा लागि यो समय व्यर्थमा गएको छ ।” परमाणु वार्ताको विषयमा उनले भने, “वार्ता तब सुरु हुन्छ, जब उत्तर कोरियाले उठाएको मुद्धामा वासिङ्टनले पूर्ण सहमती जनाउछ ।”

उत्तर कोरियाले कहिले पनि आधिकारिक रुपमा किमको उमेर वा जन्मतिथिको पुष्टि गरेको छैन । तर २०१४ को जनवरी ८ मा प्योङयाङमा भएको एक प्रदर्शनी म्याच भन्दा पहिले बास्केटबल स्टार डेनिस रोडम्यानले उनलाई ह्यापि बर्थडे भनेका थिए ।