सैन्य भर्ना छनौटमा अनियमितता, सहायकरथीलाई बयानका लागी बोलाइयो
काठमाडौं – नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको भन्दै सहायकरथीलाई बयानका लागी बोलाइएको छ ।
सैनिक स्रोतले दिएको जानकारीअनुसार २७ बाहिनी सिराहामा भएको भर्ना छनौटमा अनियमितता भएको उजुरीको आधारमा सेनाले सहायकरथी बावुराम श्रेष्ठको बयान लिन लागेको हो ।
सेनाले उपरथी अनन्त कार्कीको नेतृत्वमा कोर्ट अफ इन्क्वारी गठन भएको हो । कार्की नेतृत्वको छानबिन समितिले बयानका लागि बोलाएको छ ।
काठमाडौंबाट गएकाे सैनिक प्रहरीले पनि उनीमाथिकाे अनियमितताबारे छानबिन गरिरहेको छ । छानबिनपछि उनीमाथि कारबाही हुने नहुने टुंगो लाग्नेछ । श्रेष्ठ नेशनल डिफेन्स कोर्ष एन्डीसी गरेर उपरथीको लाइनमा रहेका छन् ।