वेलायती राजदूत रब मकेयर इरानमा गिरफ्तार


एजेन्सी – इरान इरानका लागि वेलायती राजदूत रब मकेयर गिरफ्तार भएका छन् । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएका बेला गिरफ्तार गरेको हो ।

वेलायतले इरानले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत बताएको छ।

त्यसबेला सरकारविरुद्ध प्रदर्शन समेत भएको थियो। प्रदर्शनमा वेलायती राजदूत रब मकेयर समावेश भएको भन्दै इरानी प्रहरीले उनलाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ।

आफ्नै नागरिकको मृत्यु हुनेगरी इरानले युक्रेनियन विमानमा क्षेप्यास्त्र प्रहार गरेपछि शनिबार इरानी नागरिकले प्रदर्शन गरेका थिए। इरानले उक्त विमानमा भुलबश क्षेप्यास्त्र प्रहार भएको स्वीकार गरेको छ।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई ब्रिटेनले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement