काठमाडौं – काठमाडौंको बौद्धमा गोली चलेको छ । ज्यानमारा मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।
महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए । बौद्धस्थित जम्भुडाँडामा प्रहरीले तामाङलाई गोली हानेको थियो। गोली लागेका तामाङ घाइते छन्।
उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।घाइते तामाङलाई उपचारका लागी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। तामाङमाथि बालिका हत्या अभियोगमा मुद्दा छ।




प्रतिक्रिया