काठमाडौं-ओसाका ३२ उडान‚ १० करोड घाटा

काठमाडौं-ओसाका ३२ उडान‚ १० करोड घाटा


काठमाडौं – जापानको राजधानी टाकियोस्थित नारिता विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी भइरहँदा त्यसलाई रोकेर ओसाका उडान गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निर्णयले हालसम्म १० करोड रुपैयाँ घाटा लागेको छ।

निगमले गत भदौदेखि मंसिरको अनितमसम्म गरेको दुईतर्फी ३२ उडानमा १० करोड तीन लाख रुपैयाँ गुमाएको छ। कार्यकारी अध्यक्षका रुपमा निगम भित्रिनेबित्तिकै खरेलले व्यावसायिक योजनाबिनै नारिताको सट्टा ओसाका उडान गर्ने निर्णय गरेका थिए।

वाइडबडी जहाज खरिद गर्दा निगमले बनाएको व्यावसायिक योजनामा नागरिता उडान गर्ने उल्लेख थियो। तर, विगतमा नेपाल एयरलाइन्सले उडान गरेको इतिहास हुनुबाहेक कुनै पनि हिासबले ओसाका उडान उपयुक्त थिए। तर, सञ्चालक समितिमा समेत यो विषय नलगी एकल रुपमा ओासका उडान सुरु गरेका थिए।याे समाचार नयाँ पत्रिका दैनिकमा छ।