पत्रकार सिंहको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरिने

पत्रकार सिंहको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरिने


धनुषा – जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ ।

उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कोषमा पाँच लाख प्रदान गरिने भिजिट मधेशद्वारा आइतबार जनकपुरमा आयोजित कार्यक्रममा जानकारी दिए।

उनले ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने जानकारी दिँदै स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउनेलाई सम्मान प्रदान गरिने बताए । जनकपुरस्थित रेडियो टुडेमा कार्यरत सिंहको २०६५ पुस २७ गते राति हत्या गरिएको थियो ।