गृहले गर्यो ४ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?

गृहले गर्यो ४ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?


काठमाडौं – गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृह मन्त्रालयले आइतबार कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कारागार व्यवस्थापन विभागमा सरुवा भएका छन् । उनको ठाउँमा प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेललाई पठाइएको छ । यस्तै, कारागार विभागका निर्देशक वासुदेव घिमिरेलाई रौतहटको प्रजिअको जिम्मेवारी दिइएको छ ।

काठमाडौंको कायममुकायम प्रजिअ किरण थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय तानिएको छ । गृहमा कार्यरत उपसचिव रमा आचार्य सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएकी छन् । सोलुखुम्बुका यसअघिका प्रजिअ वेदनिधि खनाललाई भने रुपन्देहीको सहायक प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।