नाइजरमा आतंकवादी हमलामा ८९ सैनिकको मृत्यू


एजेन्सी – पश्चिमी नाइजरमा सेनाको एक शिविरमा तीन दिन पहिले भएको जिहादी हमलामा मर्ने सैनिकको संख्या ८९ पुगेको छ । नाइजर सरकारले आइतबार यसको बारेमा जानकारी दिएको हो । सरकारी प्रवक्ता जकारिया अब्दुर्रहमानले भने, “पुरै छानविनपछि मित्र पक्षको ८९ र सत्रु पत्रका ७७ मानिस मारिएको पुष्टि भएको छ ।”

यो हमला पश्चिमी तिलाबेरीको चिनेगादार क्षेत्रमा भएको थियो । यो क्षेत्र बुर्किना फासोको सीमामा पर्छ । घटनापछि देशमा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । आक्रमणकारहिरु हमलावर गाडि र मोटरसाइकलमा आएका थिए । यो आक्रमण पश्चिमी तिलाबेरीको चिनेगोदार क्षेत्रमा भएको थियो । जुन बुर्किना फासोको सीमासँग जोडिएको छ ।

सैन्य शिविरमा बिहीबार हतियारले सुसज्ति आक्रमणकारीहरुले आक्रमण गरेका थिए । यो हमलामा ठूलो संख्यामा आतंकवादीको पनि मृत्यू भएको थियो । नाइजरको यो क्षेत्र सुरक्षाको दृष्टिकोणबाट अत्यन्त संवेदनशील मानिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement