ठगी गरेको आरोपमा शिवानन्द स्वामी पक्राउ

ठगी गरेको आरोपमा शिवानन्द स्वामी पक्राउ


काठमाडौं – शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् । शिवानन्दलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले शिष्यलाई ठगी गरेको आरोपमा  सोमबार पक्राउ गरेको हो ।

शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका शिवानन्दविरुद्ध ४ जना शिष्यले प्रहरीमा उजुरी दिएका थिए ।