गोली प्रहारबाट घाइते मेयर ममतालाई अस्पतालमै भेटे प्रधानमन्त्री ओलीले, उपचार खर्च सरकारले व्यहोर्ने

गोली प्रहारबाट घाइते मेयर ममतालाई अस्पतालमै भेटे प्रधानमन्त्री ओलीले, उपचार खर्च सरकारले व्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन्।

मेयर चौधरीलाई २८ फागुनमा आफ्नै घरमभा गोली र खुकरी प्रहार भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका छन्।

प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरु शनिबार अस्पताल पुगेर चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ।

चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदीप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चौधरीको अवस्था खतरमुक्त छ। प्रधानमन्त्री ओलीले चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। ‘उपचार खर्च सरकारले व्यहोर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँको उपचारमा कुनै पनि कसर बाँकी नराखी उपचार गर्नुहोस।’

प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताए। ‘घटनाको छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘दोषीले उम्कन पाउदैनन्। उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ।’

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा एमाले नेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रिमाल,एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराई समेत अस्पताल पुगेका थिए।