काठमाडौं – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोटको जिम्मेवारी विप्लव नेकपाले लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव नेकपाले जनाएको छ ।
‘बालुवाटारस्थित ललिता निवासको जग्गा माफियाका नाइकेहरु भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भू-माफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परेर राज्य सञ्चालकले सुवर्ण शम्शेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरेको हो’, पर्चामा लेखिएको छ।
बालुवाटरको १४३ रोपनी जग्गा खरिद गर्नेमा ढकाल पनि एक हुन्। विस्फोटले घरको सिसा फुटको छ भने गेटमासमेत क्षति पुगेको छ। प्रहरीले अज्ञात समूहले बम विस्फोट गराएको बताएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोटको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन।




प्रतिक्रिया