आजको मौसमः उपत्यकासहित देशभर वर्षा र हिमपात

आजको मौसमः उपत्यकासहित देशभर वर्षा र हिमपात


काठमाडौं – आज (बिहिबार) काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएपछि बिहिबार उपत्यकासहित देशभरका सबै स्थानमा वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ ।

बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको न्यून चापीय प्रणाली अब क्रमशः देशैभर फैलिँदै जाँने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी–हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । मध्य तथा पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भूभागका थोरै स्थानहमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । काठमाडौँमा पनि आज वर्षाको सम्भावना धेरै छ । काठमाडौँमा अहिले मौसम बदली भएकोछ ।