आबुधावीमा तीन नेपाली महिलाको मृत्यु

आबुधावीमा तीन नेपाली महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अरब इमिरेट्सको अबुुधाबीमा बिहीबार बिहान दुर्घटना हुंदा तीन नेपाली महिलाको मृत्यु भएको छ । युएईको आबुधाबीस्थित मोर्डन बिल्डिङ मेन्टेनेन्स कम्पनीमा कार्यरत मिनिबस दुर्घटना हुँदा तीन नेपाली महिलाको मृत्यु भएको हो ।

यूएईस्थित नेपाली राजदूतावासले जनाए अनुसार चालकसहित २५ जना सवार रहेको उक्त मिनिबसमा १७ जना नेपाली महिला कामदार रहेका थिए । त्यी मध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा झापा घर भएकी कृष्णमुरारी अधिकारी, प्यूठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान तामाङ रहेका छन् ।

दुर्घटनामा घाइते १४ नेपालीको आबुधाबीकै मफ्र्याक अस्पताल, एनएमसी अस्पताल र अल राभा अस्पतालमा उपचार भैरहेको युएइस्थित दुतावासले जनाएको छ । मृतकहरुको शव नेपाल ल्याउन कम्पनी र अस्पतालसँग समन्वय भइरहेको छ ।