कञ्चनपुर – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुल्ला चिडियाखानाका रुपमा विकास गर्ने लक्ष्य राखेको जानकारी दिएका छन् ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारको शनिबार उद्घाटन गर्दै उनले शुक्लाफाँटा जैविक विविधताले भरीपूर्ण हुनुका साथै दुर्लभ वन्यजन्तु र पशुपक्षीको बासस्थान भएको बताए ।
“हामीले शुक्लाफाँटामा पर्यटकको सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भनेर खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने लक्ष्य राखेका छौँ,” उनले भने, “यसको नयाँ ढङ्गले व्यवस्थापन पनि अघि बढाएका छौँ ।”




प्रतिक्रिया