सिन्धुपाल्चोकको बाह्रविसेमा कर्फ्यु लाग्यो

सिन्धुपाल्चोकको बाह्रविसेमा कर्फ्यु लाग्यो


काठमाडौं – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले अर्को व्यवस्था नभएसम्म आज (आइतबार) देखि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी छिन् ।

नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइदिएको थियो ।

त्यसपछि आक्रोशित बनेका सडक अतिक्रमणकारीहरुले बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए ।

उनीहरुले नगरपालिका कार्यालयमा रहेका केही गमलासमेत फुटाइदिएको सिन्धुपाल्चोक प्रशासनले जानकारी दिएको छ ।