मकवानपुरको रिसोर्टमा भारतीय आठ जना महिला र पुरुष अचेत अवस्थामा भेटिए
मकवानपुर – मकवानपुरको एक रिसोर्टमा भारतीय चार महिला र ४ पुरुष अचेत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका हुन् ।
दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको हो ।
अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन । अचेत अवस्थामा रहेका भारतीयहरुको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर बोलाइएको छ ।