मकवानपुरमा ग्यास हिटरले लियाे पाँच जना भारतीयको ज्यान


मकवानपुर – मकवानपुरको दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका पाँच जना भारतीयको मृत्यु भएको छ । प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका पाँच जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए ।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । प्रहरीकाअनुसार अन्य तीन जनालाई लिन पुनस् हेलिकप्टर गएको छ ।

मृत्यु हुने तीन जना महिला र दुई पुरूष रहेको प्रहरीले जनाएको छ । सबैको नाम–ठेगानाको विवरण आइसकेको छैन । उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement