ठगी गर्ने म्यानपावरको सूची तयार पार्न श्रम मन्त्रीको निर्देशन

ठगी गर्ने म्यानपावरको सूची तयार पार्न श्रम मन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बार ठगी गर्ने म्यानपावर कम्पनीको सूची तयार पार्ने भएको छ। श्रम मन्त्री गोकर्ण विष्टले यस्ता म्यानपावर कम्पनीबाट पुनःठगी हुन नदिन र कारबाही अगाडि बढाउन सूची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।

‘एउटै म्यानपावरले पटक पटक ठगी गरेको देखियो,’ श्रममन्त्री विष्टले भने, ‘त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारबाही गरिएको छ। त्यसको विवरण पेस गर्न महानिर्देशकलाई निर्देशन दिएको छु।’ श्रममन्त्री विष्टले कार्यभार सम्हालेपछि लगत्तै विभागीय प्रमुखहरुको ब्रिफिङ लिएपछि वैदेशिक रोजगार व्यवस्थापनमा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरुको सूची तयार पारेका छन्।

उनले ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।पीडित कामदारले क्षतिपूर्तिसहित कारबाही गर्न सयभन्दा बढी म्यानपावरविरुद्ध उजुरी दिएका छन्।

वैदेशिक रोेजगार ऐनअनुसार तीनपटक कारबाहीमा परेका म्यानपावरको इजाजतपत्र खारेज हुने व्यवस्था छ। मन्त्री विष्टले काठमाडौं केन्द्रित श्रम स्वीकृतिको प्रणलीलाई तत्काल राजधानी बाहीर दुई स्थानबाट दिने प्रक्रिया सुरु गर्न आदेश दिएका छन्।