मुख्यसहिचव रेग्मी र आईजीपी खनालमाथि कारबाहीको तयारी

मुख्यसहिचव रेग्मी र आईजीपी खनालमाथि कारबाहीको तयारी


काठमाडौं –राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालमाथि कारबाहीको तयारी गरेको छ । गैरन्यायिक हत्यामा प्रहरीलाई संरक्षण गरेको भन्दै आयोगले आईजीपी खनालसहित मुख्यसचिव लोकदर्शन रेग्मीमािथ कारबाहीको तयारी गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेललाई गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्देही जंगलको एकान्तमा ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष आयोगले निकालेको छ ।

आयोगले उक्त त्यसमा संलग्न प्रहरीलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो । अझै पनि सिफारिस कार्यान्वयन नगरे उनीहरूलाई मानवअधिकार हननकर्ताको सूचीमा राख्ने आयोगका एक जना सदस्यले जानकारी दिए ।

आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि कारबाहीस्वरुप कालोसूचीमा राख्न लागेको हो ।

स्थलगत छानबिन र सम्बन्धित व्यक्तिहरूसँगको बयानपछि आयोगले गैरन्यायिक हत्या नै भएको निष्कर्ष निकालेको थियो । इन्सपेक्टर कृष्णदेवप्रसाद साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

त्यससम्बन्धी पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयबाटै अघि नबढाएको भन्दै आयोगले कारबाही गर्न लागेको हो ।