काठमाडौं – सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कुदेर गएको विषयमा शुरुमा उनीबाट नै बधाई लिन चाहेको बताएका छन् ।
सपथ ग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेट्नु स्वभाविक भएको बताएका हुन् । संसदको मूल्य मान्यता अुनसार नै आफूले प्रधानमन्त्रीलाई भेटेको र शुरुमा उनीबाट नै बधाई लिन चाहेको बताए ।
उनले भने, ‘आज मैले सपथ ग्रहण गरेँ र आजबाट म सबैको साझा भएँ । यो भन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो । संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट शुरु गर्न खोजेको थिएँ । यो स्वभाविक हो । संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ ।’




प्रतिक्रिया