सुर्खेतमा टिप्परले लियो मोटरसाइकल चालकको ज्यान

सुर्खेतमा टिप्परले लियो मोटरसाइकल चालकको ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – बिरेन्द्रनगर–४ गौतम चोक नजिक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सुर्खेत–जुम्लारोड नोबल एकेडेमी अगाडि भे १ ख २२४० नम्बरको ट्रिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक रबि रावलले जानकारी दिए ।

अहिले घटनास्थल वरपर सडक अबरुद्ध छ । टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।