पश्चिमी वायु नेपाल प्रवेश, बिहिबारसम्म वर्षा र भारी हिमपात हुने

पश्चिमी वायु नेपाल प्रवेश, बिहिबारसम्म वर्षा र भारी हिमपात हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज मंगलबार काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार नेपाल प्रवेश गरेकोले यसको असर तीन दिन (मंगलबार)देखि पर्सि (बिहीबार)सम्म देखिने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै भनेको छ,  ‘नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

मौसमविद्का अनुसार आज दिउँसो पश्चिमी भेगका केही स्थान, मध्य र पूर्वी क्षेत्रका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको छ ।

आज काठमाडौंमा घाम लाग्दै बादल लाग्दै गरेपनि पानी पर्ने सम्भावना एकदमै कम रहेको महाशाखाले जनाएको छ । नेपालको तराई क्षेत्रमा भने हुस्सु र कुहिरो हटेको छ । पश्चिमी न्यून चापीय प्रणाली नेपालमा रहुन्जेल तीन दिनसम्म तराईमा हुस्सु र कुहिरो नलाग्ने महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः

माघ १४ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू(भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू–भागका केही स्थान र मध्य तथ पूर्वी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।

राति :देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।

माघ १५ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू–भागका थोरै स्थान र पश्चिमी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।