प्रतिनिधिसभा बैठकमा आजबाट नयाँ सभामुख, यस्ता छन् एजेण्डा

प्रतिनिधिसभा बैठकमा आजबाट नयाँ सभामुख, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज मंगलबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ तथा शुभकामना दिने कार्यक्रम तय भएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व.०७५/०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ व ०७५/०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसअघि सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा कारागार गएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।