काठमाडौं – स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाइदा मानिन्छ । राम्रो स्वास्थ्यका लागि दिनभरमा ६–७ लिटर पानी पिउनुपर्ने बताइन्छ । पानी मानिसका लागि अत्यावश्यक कुरा हो । हाम्रो शरीरको अधिकांश हिस्सा नै पानीले ओगटेको हुन्छ ।
चिसो र तातो दुवै प्रकारको पानी पिउने गरिन्छ । तर स्वास्थ्यका लागि भने तातोपानी उपयोगी हुने देखिएको छ । तातोपानी पिउँदा शरीर सुद्धीकरण हुनुका साथै चिसोबाट बचाउने, मोटोपन घटाउने लगायतका फाइदा हुन्छन् ।
तोतोपानीमा स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो । तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ । सबैलाई थाहा छ की तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ । त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।
यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ । यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंं सधै फ्रेस देखिनुहुनेछ ।
चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।
मोटोपना नियन्त्रण
बिहान वा खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाईंको मोटोपना नियन्त्रणमा पनि सघाउ पुर्याउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।
चिसोबाट सुरक्षा
तातोपानीले चिसोबाट जोगाउँछ । घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ । जब तपाईं कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ शरीरबाट पसिना निस्कन थाल्छ ।
शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरण्ँमा सहयोग पूर्याउँछ ।
पाचन प्रणाली सुधार्न
तातो पानीले शरीरको शुद्धीकरण गर्छ । उमालेको पानी आफैँमा शुद्ध त हुन्छ नै यसले शरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाईंको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुईपटक तातो पानी पिउनुहोस् ।
बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू मूत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढी लाभदायी हुने बताइएको छ ।
शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाईंले दिनहुँ बिहान कम्तिमा एक गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।
महिनावारीमा पेट दुखाई कम
प्रायस् महिलाहरूमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।




प्रतिक्रिया