रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारका चारजनाको मृत्यु

रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारका चारजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारका चारजना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृतक परिवारले बोरा संकलन गर्ने र आफूहरु बस्ने कोठामा बोराको खात बनाएर राख्ने गरेका थिए । राती सुतेको अवस्थामा खात लगाएर राखेको बोरा खस्दा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रराम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत बिहार राज्य बलिया जिल्ला तपनी गाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीया छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना खातुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कमल ज्ञवालीले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।