ग्लोबल थिङ्क ट्यांक सूचकांकमा नेपालको सेडा पहिलो नम्बरमा

ग्लोबल थिङ्क ट्यांक सूचकांकमा नेपालको सेडा पहिलो नम्बरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको पहिलो र पुरानो थिङ्क ट्यांक सेडा नेपालको पहिलो नम्बरमा परेको छ ।

अमेरिका स्थित पेन्सिलभेनिया विश्वविद्यालयले हरेक साल निकाल्ने विश्वव्यापी ग्लोबल थिङ्क ट्यांक सूचकांकमा नेपालको सेडा पहिलो नम्बरमा परेको हो ।

अन्तरास्ट्रिय सम्बन्धमा कार्य गरिरहेको संस्था दक्षिण एशियन अध्ययन केन्द्र (CSAS) को लागी एसिया प्रशान्त क्षेत्रकै ६३ औं नम्बरमा परेको छ । यसका कार्यकारी निर्देशक डाक्टर निश्चलनाथ पाण्डे हुन् ।

यसैगरि १०२ नम्बरमा पाण्डे नै संयोजक रहेको दक्षिण एशियाली थिङ्क ट्यांकहरूको कन्सोर्टियम (COSATT) पनि परेको छ ।

नेपालका विश्वविद्यालयहरु चरम राजनीतिको चपेटामा परेका र विद्यार्थीहरु बर्सेनि बिदेसिने क्रम बढेका बेला नेपालका निजि थिङ्क ट्यांक संस्थाहरूले यसरि अन्तरास्ट्रिय ख्याति कमाउन सक्नुलाई सकारात्मक रुपमा लिइएको छ ।

डाक्टर पाण्डेले सरकारले पनि निजि थिङ्क ट्याङ्कहरुलाई बजेट दिएर सहयोग गर्नु पर्ने बताए ।