काठमाडौं – नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले केन्द्रीय सदस्यहरुलाई मास्क वितरण गरेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको समयमा गौतमले राष्ट्रिय सभागृहमा पुगेर मास्क वितरण गरेका हुन् । ।
सर्जिकल मास्क लगाएर सभागृह छिरेका वामदेवका सहयोगीले मास्क वितरण गरेका हुन् । कोरोना भाइरसबाट बच्नका लागि मास्क वितरण गरिएको हो ।
चीनको हुवानबाट फैलिएको कोराना भाइरसले अहिले विश्वव्यापी संकट निम्त्याएको छ । उक्त भाइरसका कारण चीनमा झण्डै डेढ सय मानिसले ज्यान गुमाइसकेका छन् ।




प्रतिक्रिया