सरकार भन्‍छ : एमसीसी सैन्‍य गठबन्धनसँग जोडिएको छैन

सरकार भन्‍छ : एमसीसी सैन्‍य गठबन्धनसँग जोडिएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धनसँग नजोडिएको नेपाल सरकारले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन मार्फत् यस्तो जानकारी दिएका हुन् ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी संसद्को पूर्ण बैठकबाट छिट्टै पारित हुने बताए । उनले एमसीसीमा सैन्य गठबन्धन जोडिएको छ भनेर ‘स्याल हुइयाँ’ गर्न आवश्यक नरहेको भनाइ राखे ।

‘हामी कसैको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ’, उनले भने, ‘हाम्रोमा विद्युत् उत्पादन अब धेरै हुन्छ, बजार चाहिन्छ, विद्युत् बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौं ।’ एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित भए त्यो बुँदा खुलाउनसमेत मन्त्री बाँस्कोटाले चुनौती दिए । नेकपा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लिखित अमेरिकाको इन्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने उद्देश्य भन्ने लाइनमा सरकारको असहमति रहेको उनले प्रस्ट पारे ।यो समाचार आजको अन्न्पूर्णपोष्ट दैनिकमा छ ।